नियम २७
सूचना तामेलीमा राख्न सकिने
(१) परिच्छेद – २ बमोजिम वा अन्य कुनै स्रोतबाट विभागमा प्राप्त भएको राजस्व चुहावट सम्बन्धी सूचनाका सम्बन्धमा नियम ७ बमोजिम प्रारम्भिक छानबिन वा अनुसन्धान तथा तहकिकातबाट देहायको अवस्था विद्यमान भएमा महानिर्देशकले कारण खोली त्यस्तो सूचनालाई तामेलीमा राख्न सक्नेछः–
(क) त्यस्तो सूचना राजस्व चुहावटसँग सम्बन्धित नदेखिएमा,
(ख) प्रथम दृष्टिमा नै त्यस्तो सूचना तथ्ययुक्त नदेखिएमा,
(ग) त्यस्तो सूचना विभाग वा अन्य कुनै निकायबाट एकपटक अनुसन्धान तथा तहकिकात भई टुङ्गो लागि सकेको देखिएमा, वा
(घ) तामेलीमा रहेको कुनै सूचनाका सम्बन्धमा थप प्रमाण संलग्न नगरी सोही विषयमा पुन सूचना दिएको देखिएमा,
(२) उपनियम (१) बमोजिम तामेलीमा राखिएका सूचना सम्बन्धी विवरण विभागको वार्षिक प्रतिवेदनमा समावेश गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम तामेलीमा राखिएका सूचनाहरुको सम्बन्धमा कुनै पनि माध्यमबाट थप प्रमाण प्राप्त हुन आएमा महानिर्देशकले त्यस्तो सूचनाको सम्बन्धमा आवश्यक अनुसन्धान तथा तहकिकात गर्न अनुसन्धान अधिकृत तोकी कारबाही अगाडि बढाउनु पर्नेछ ।